नियम ८६
सव–कन्ट्राक्टरबाट काम गराउने सम्बन्धी व्यवस्था
(१) सव–कन्ट्रयाक्टरबाट समेत
निर्माण कार्य गराउन सक्ने गरी स्थानीय निकायले बोलपत्र आव्हान गर्ने भएमा
बोलपत्र सम्बन्धी कागजातमा देहायका कुरा उल्लेख गर्नु पर्नेछ ः–
(क) निजले सब–कन्ट्रयाक्टरबाट काम गराउन सक्ने कुरा,
(ख) सब–कन्ट्रयाक्टरबाट गराउने कामको अधिकतम प्रतिशत,
(ग) आवश्यकतानुसार सव–कन्ट्रयाक्टरको योग्यताका आधार ।
(२) उपनियम (१) बमोजिम योग्यताको आधार उल्लेख गरिएकोमा
बोलपत्रदाताले खरिद सम्झौता गर्नु अघि सव–कन्ट्रयाक्टरको योग्यताको आधार
पुष्टयांई गर्ने कागजात पेश गर्नु पर्नेछ ।